धारा १८०
प्रदेश सभा सदस्यको स्थान रिक्त हुने
देहायको कुनै अवस्थामा प्रदेश सभाका सदस्यको स्थान रिक्त हुनेछः–
(क) निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको धारा १७८ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
(ग) प्रदेश सभाको कार्यकाल समाप्त भएमा वा विघटन भएमा,
(घ) निज प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा,
(ङ) जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
(च) निजको मृत्यु भएमा ।ढण्